जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बराल उपर प्रतिवद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१२ गते।
------------------------------------------

जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले "अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट Non-teaching allowance समेत लिएको" उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज उपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15
चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10