कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धिताल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।०५ गते।
------------------------------------------

कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धितालले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताललाई सेवाग्राहीबाट रु. १६,०००।– (सोह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धितालले शिक्षक छनौटमा अन्तर्वार्ताको लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत रु.१६,०००।– माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजहरु राज कुमार थापा र बुद्धि विलास धिताललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिमको कसुरमा बिगो रु.१६,०००।–(सोह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06