जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसमेत ७ जना उपर घुस/रिसवत लिने/दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।३१ गते।
------------------------------------------

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंकमा खाता खोली रकम जम्मा गर्न लगाई विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन गरी विस्तृत अध्ययन गर्नको लागि आयोगमा प्राप्त सक्कलै फाइलका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाबाट आर्थिक बर्ष २०७७।०७८ मा सम्पन्न भएका वडा नं. ३ मा गरिएका बिकास निर्माणका कार्यहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रबिधि जडान कार्य, वडा नं. ६ र वडा नं. ७ का वडाहरुमा गरिएका बिकास निर्माणका कार्यहरु, मर्चवारी गाउँपालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरु सिलाई कटाई तालिम कार्यक्रमहरु समेत गरी मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले बर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिंदा गाउँपालिकासँग सरोकार राखी आर्थिक कारोवार गरेका समुहबाट रिसवत/कमिशन रु.१३,४५,०००।–(तेह्र लाख पैंतालीस हजार रुपैयाँ) लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07