जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसमेत ७ जना उपर घुस/रिसवत लिने/दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।३१ गते।
------------------------------------------

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंकमा खाता खोली रकम जम्मा गर्न लगाई विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन गरी विस्तृत अध्ययन गर्नको लागि आयोगमा प्राप्त सक्कलै फाइलका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाबाट आर्थिक बर्ष २०७७।०७८ मा सम्पन्न भएका वडा नं. ३ मा गरिएका बिकास निर्माणका कार्यहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रबिधि जडान कार्य, वडा नं. ६ र वडा नं. ७ का वडाहरुमा गरिएका बिकास निर्माणका कार्यहरु, मर्चवारी गाउँपालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरु सिलाई कटाई तालिम कार्यक्रमहरु समेत गरी मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले बर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिंदा गाउँपालिकासँग सरोकार राखी आर्थिक कारोवार गरेका समुहबाट रिसवत/कमिशन रु.१३,४५,०००।–(तेह्र लाख पैंतालीस हजार रुपैयाँ) लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06