उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP), सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसमेत १६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।२५ गते।
------------------------------------------
 
सुर्खेत जिल्लाको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माण कार्य गरी/गराई र नभए/नगरेको निर्माण कार्यलाई भए/गरेको भनी नापी किताबमा सहीछापसमेत गरी तथा गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP), सुर्खेतबाट कर्णाली कोल्डचेन लजिस्टिक प्रा.लि., सुर्खेतलाई भुक्तानी भएको रु.९२,४३,२९८।- (बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ) बिगो बराबरको सरकारी हानिनोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको देखिँदा देहायका व्यक्तिहरूउपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07