मालपोत कार्यालय, वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, सनद कुमार द्वीवेदी ब्रह्मण र चन्द्रबहादुर भण्डारीसमेत ६ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।२४ गते।
------------------------------------------

मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क) र ग) बाट मिति २०७३।०४।०२ गतेका दिन रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु. लेखनाथ भट्टराईले फाँट “क” बाट १७ वटा र  फाँट “ग” बाट २ वटा लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट रु.४,२५,५३१।२० राजस्व चुहावट भएको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिमको कसुर गरेको देखिन आएकोले प्रतिवादी रामेश्वर प्रसाद साहलाई विगो रु.३,८७,००२।४५ कायम गरी सोही ऐनको दफा ३(घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर जरिवाना हुने रकम रु.७,७४,००४।९० मध्ये असुल भएको रकम रु.२२,१९५।- घटाई हुन आउने रकम रु.७,५१,८०९।९० जरिवाना हुन, प्रतिवादी कमोद तिवारीलाई विगो रु.११,७४७।७५ कायम गरी सोही ऐनको दफा ३ (क) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर रु.२३,४९५।५० जरिवाना हुन, प्रतिवादी चन्द्र बहादुर भण्डारीलाई विगो रु.२,३९,४०४।०० कायम गरी सोही ऐनको दफा ३(घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर रु.४,७८,८०८।- जरिवाना हुन, प्रतिवादी लेखनाथ भट्टराईलाई विगो रु.३८,५२८।७५ कायम गरी सोही ऐनको दफा ३(ख) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर जरिवाना गर्दा हुने रकम रु.७७,०५७।५० मध्ये दाखिला भएको रकम रु.३८,०००।- घटाई हुने रकम रु.३९,०५७।५० जरिवाना हुन, प्रतिवादी हरिनारायण मिश्रलाई रु.६०,७१९।३८ विगो कायम गरी सोही ऐनको दफा ३ (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्बर जरिवाना गर्दा हुने रकम रु.१,२१,४३८।७६ मध्ये असुल गरेको रकम रु.२२,१९५।- र असुल भएको रकम रु.३८,०००।- घटाई हुन आउने रकम रु.६१,२४३।७६ जरिवाना हुन, प्रतिवादी सनद कुमार द्वीवेदी ब्रह्मणलाई रु.१,१३,७७८।२० विगो कायम गरी सोही ऐनको दफा ३ (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्बर हुने रकम रु.२,२७,५५६।४० जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14