कोटहीमाई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मझगाँवा रुपन्देहीका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१५ गते।
------------------------------------------

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक PCC ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज इन्जिनियर अरविन्द कुमार यादवलाई सेवाग्राहीबाट रु.४५,०००।–(पैतालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मझगाँवा रुपन्देहीका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पि.सि.सि. ढलान र ग्राभेल गर्नको लागि कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु.४५,०००।- (पैतालीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज अरविन्द कुमार यादवलाई बिगो रु.४५,०००।-(पैतालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06