कोटहीमाई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मझगाँवा रुपन्देहीका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१५ गते।
------------------------------------------

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक PCC ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज इन्जिनियर अरविन्द कुमार यादवलाई सेवाग्राहीबाट रु.४५,०००।–(पैतालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मझगाँवा रुपन्देहीका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पि.सि.सि. ढलान र ग्राभेल गर्नको लागि कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु.४५,०००।- (पैतालीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज अरविन्द कुमार यादवलाई बिगो रु.४५,०००।-(पैतालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03