जिल्ला महोत्तरी, पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१२ गते।
------------------------------------------

जिल्ला महोत्तरी, पिपरा गाउँपालिका वडा नं. १ खैरबामा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्रीहरु प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, तत्कालीन सव-इन्जिनियर श्याम किसोर मण्डलले आ.व. २०७४।0७५ मा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पी.सी.सी. ढलान कार्यमा नभए नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्‍कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी रु.१,४८,९१०।- भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी पुर्‍याएको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा रू.१,४८,९१०।- (एक लाख अठचालीस हजार नौ सय दश रुपैँया) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी लिइएको छ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहले आ.व. २०७४।७५ मा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पी.सी.सी. ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी रु.१,४८,९१०।- बढी मूल्याङ्‍कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराई नभए नगरेको काममा रु.१,४८,९१०।– बढी भुक्तानी लिई सरकारी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि भएकोले निजहरु उपर भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.१,४८,९१०।- (एक लाख अठचालीस हजार नौ सय दश रुपैँया) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22