ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्र कुमार झा, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।०७ गते।
------------------------------------------

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजहरु आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई सेवाग्राहीबाट रु.४,००,०००।- (चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्र कुमार झा, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलसमेतको मिलेमतोमा सडकको निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानिको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेलले घुस/रिसवत बापत रु.४,००,०००।– लिएको पुष्टि हुन आएकोले ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापाका इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज रविन्द्र कुमार शर्मा र हिमाल पौडेललाई बिगो रु.४,००,०००।- (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक हुतराज चौहान र इन्जिनियर धर्मेन्द्र कुमार झाले अन्तिम बिलको भुक्तानिका लागि घुस वापतको रकम लिन खान मिलेमतो गरी सोही वमोजिम निजहरुको समेत सहमतिमा रकम लिएको हुँदा निजहरु हुतराज चौहान र धर्मेन्द्र कुमार झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर भएकोले निज आयोजना व्यवस्थापक हुतराज चौहान र इन्जिनियर धर्मेन्द्र कुमार झालाई बिगो रु.४,००,०००।- (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06