गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।१६ गते ।
----------------------------------------------------
गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवले नोकरी अवधिभर बिभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज शशी भुषण कुमार यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६।०२।०८  देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा निजको समग्र आयव्ययको विश्‍लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, विमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण/सापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व/कर तिरेको र बैंक मौज्दातसमेत गरी जम्मा रु.७,२४,५६,२६३।१२ (सात करोड चौवीस लाख छपन्न हजार दुई सय त्रिसठ्ठी रुपैयाँ बाह्र पैसा) खर्च तथा लगानी गरेको र सोही जाँच अवधिमा निज र निजको एकासंगोलका परिवारको आय आर्जनतर्फ निजको पारिश्रमिक/तलबबाट जिवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक वचत, कृषि आयबाट वचत, घरभाडा, बुहारीको पारिश्रमिक  वचत, विमा फिर्ता, विदेश तालिम आयबाट वचत, ऋण सापटी, उपचार खर्च, संचित विदाको रकम, कर्मचारी संचय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकासबाट प्राप्त रकम, निजको पेन्सन आयबाट  वचत र छोराको तलव बचतसमेत गरी जम्मा रु.२,७७,२२,०५०।८६ (दुई करोड सतहत्तर लाख बाईस हजार पचास रुपैयाँ छयासी पैसा) आय आर्जन गरेकोमा निजको बैध आय रु.२,७७,२२,०५०।८६ (दुई करोड सतहत्तर लाख बाईस हजार पचास रुपैयाँ छयासी पैसा) को अनुपातमा सोही अवधिमा निजले रु.७,२४,५६,२६३।१२  खर्च तथा लगानी गरेको देखिँदा निजको कुल बैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई रु.४,४७,३४,२१२।२६ (चार करोड सत्तचालीस लाख चौतीस हजार दुई सय बाह्र रुपैया छव्बीस पैसा) बरावर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको हुँदा निजको बैधानिक आयको तुलनामा खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वभाविक देखिएबाट बैधानिकरुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको निज र निजको परिवारले अमिल्दो र अस्वभाविक उच्चस्तरको जिवन यापन गरेको प्रमाणित हुन आएकोले निज सार्वजनिक पद धारण गरेका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज शशी भुषण कुमार यादवउपर रु.४,४७,३४,२१२।२६ (चार करोड सत्चालिस लाख चौतीस हजार दुई सय बाह्र रुपैयाँ छव्वीस पैसा) बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउन साथै निज शशी भुषण कुमार यादवले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्ति स्रोत खुलेको घर, जग्गाहरु, बैंक मौज्दातसमेतका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६(ग)¸ दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

यसैगरी राष्ट्रसेवक निज शशी भुषण कुमार यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिको जफत गर्ने प्रयोजनार्थ मात्र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम  रिता रानी, अविनास यादव र विकास यादवलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको घर, जग्गा र बैंक मौज्दात समेतबाट विगो जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12