यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०३ गते।
------------------------------------------
 
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कमल राज गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५।०१।०७ देखि मिति २०७९/१२/२४ गतेसम्मको जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरु तथा जनक शिक्षा सामग्रीबाट ऋण/सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, विमा परिपक्क/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल जम्मा रु.२,८९,२०,२६८।१८ (दुई करोड उनान्नब्बे लाख बीस हजार दुई सय अठ्सट्ठी रुपैंया अठार पैसा मात्र) निजको वैधानिक आय आर्जनका स्रोतहरुमार्फत आर्जन गरेको देखिएको एवं उक्त अवधिमा निजको एकासंगोल घर परिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घर/जग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी कूल जम्मा रु.५,४०,९८,९५५।८९ (पाँच करोड चालीस लाख अन्ठान्नब्बे हजार नौ सय पचपन्न रुपैया उन्नानब्बे पैसा मात्र) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा कूल/समग्र आयबाट खर्च तथा लगानी (कूल व्यय) घटाउँदा रु.२,५१,७८,६८७।७१ (दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया एकहत्तर पैसा मात्र) ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नकसकेको हुँदा निजले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले प्रतिवादी कमल राज गौतमलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसूरमा तालिकामा विश्लेषण गरिएबमोजिम बिगो रु.२,५१,७८,६८७।७१ (दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया एकहत्तर पैसा मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा सोही ऐनको दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगोबमोजिम जरिवाना हुनका साथै प्रतिवादी कमल राज गौतमले राष्ट्रसेवक पदमा बहाली भएपश्चात बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा ३, ऐ. ऐनको दफा १६ग र ऐ. ऐनको दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा २० को उपदफा (२), ऐ.ऐनको दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको रु.२,५१,७८,६८७।७१ मूल्य बराबरको सम्पत्ति जफत गरी पाउनसमेत मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22