बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।२६ गते ।
----------------------------------------------------

प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका बेचन यादव मगरदैताले श्री विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैतालाई अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायको मागदाबीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीका रुपमा पेश गरेकोमा निजले विशेष अदालत, काठमाडौंमा वकपत्र गर्ने क्रममा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेकोले निज बेचन यादव मगरदैतालाई घुस/रिसवत दिएको बिगो रु.२१,०००।– (एक्काइस हजार रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
    

सहायक प्रवक्ता
 देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10