डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२७ गते।
------------------------------------------

जिल्ला धनुषा, औरही गाउँपालिकाले “Construction of 15 Bed primary Hospital” बोलपत्र आह्वान कार्य अनुभवलाई संशोधन गरी ७ दिन म्याद थप गरेको र सो अनुभव नेपाल भरमा सिमित कम्पनीको मात्र भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब.२०७७/०७8 को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम बमोजिम जिल्ला धनुषा औरही गाउँपालिका वडा नं.२ स्थित देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न रु.२४,४३,५२,६५०।- बराबरको लागत अनुमान तयार भई Construction of 15 Bed Primary Hospital को लागि Contract No. ARM/NCB/WORKS/06/2077/78 को बोलपत्र आव्हानको सूचना मिति २०७८।०१।१७ मा प्रकाशित भई बोलपत्र पेश गर्ने अन्तिम मिति २०७८।०२।१६ रहेकोमा प्रतिवादीहरुको मिलेमतोमा बदनियत राखी सोही मितिमा Key activities मा संशोधन गरी M35 interlock with multi cobble in multicolour having 60mm thick - 5100 sq.m. in single contract, Similar size and nature मा at least one hospital building सम्बन्धी काम गरेको हुनुपर्ने बिबरण राखी बोलपत्र पेश गर्ने म्याद २०७८।०२।२३ सम्म रहने गरी ७ दिन म्याद थप गरेको देखिएकोमा पुन: बोलपत्र पेश गर्ने समय मिति २०७८।०२।३१ सम्म रहने गरी ८ दिन म्याद थप गरेको देखिएको।यसरी Key Activities मा परिवर्तन/शंसोधन गरी गराई १५ वटा बोलपत्रदाताहरु मध्ये १३ वटा बोलपत्रदाताहरुको बोलपत्रलाई प्राविधिक मुल्यांकनमा असफल गरे गराएको, प्राविधिक मुल्याङकनमा सफल गरे गराएका लुम्बिनी/डि. एण्ड एन. जे.भी. र समानन्तर/बबुल जे.भी.ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा मिति २०७८।०२।३० गते बोलपत्र पेश गरे गराएको देखिएको।सबै भन्दा कम रु.१२,३५,५०,२४८।८५ पेश गर्ने बोलपत्रदाता प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जे.भी.लाई बोलपत्रमा उल्लेख भएको Key activities कारण प्राविधिक मुल्याङकनमा फेल गरी गराई उक्त रकम भन्दा बढी रकम रु.१९,१४,६२,६३२।८३ कवोल गर्ने लुम्बिनी/डि. एण्ड एन. जे.भी. लाई छनौट गरे गराएको।उक्त तथ्य निम्न तालिका नं.१ मा उल्लेख गरिएको छ। क्रमश....

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17