जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१४ गते।
----------------------------------------------------

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु.२२,८९,२६५।६८ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र कार्य सम्पन्न प्रतिबेदनको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर गरेको हुँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं बिगो रु.२२८९२६५।६८ मध्ये रु.१९,११,५८३।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत अन्तिम विल नापी किताव र कार्यसम्पन्न प्रतिबेदन तयार गरेको र प्रमाणित गरी सोही अन्तिम विल र कार्य सम्पन्न प्रतिबेदनको आधारमा रु.२२,८९,२६५।६८ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२२,८९,२६५।६८ बढी भुक्तानी भएको देखिन आएकोले निजहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

साथै, ठुलीभेरी नगरपालिका डोल्पाबाट ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले ठुलीभेरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने र आफूहरुले गैरकानूनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौता विपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी रु.२२,८९,२६५।६८ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले उक्त रकम रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) बिगो कायम गरी निजहरुलाई सोही ऐनको दफा ८(४) वमोजिम सजाय गरी उल्लिखित बिगो रकममध्ये रु.१९,११,५८३।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24