Online
Complaint

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१४ गते।
----------------------------------------------------

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु.२२,८९,२६५।६८ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र कार्य सम्पन्न प्रतिबेदनको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर गरेको हुँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं बिगो रु.२२८९२६५।६८ मध्ये रु.१९,११,५८३।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत अन्तिम विल नापी किताव र कार्यसम्पन्न प्रतिबेदन तयार गरेको र प्रमाणित गरी सोही अन्तिम विल र कार्य सम्पन्न प्रतिबेदनको आधारमा रु.२२,८९,२६५।६८ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२२,८९,२६५।६८ बढी भुक्तानी भएको देखिन आएकोले निजहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

साथै, ठुलीभेरी नगरपालिका डोल्पाबाट ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले ठुलीभेरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने र आफूहरुले गैरकानूनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौता विपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी रु.२२,८९,२६५।६८ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले उक्त रकम रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) बिगो कायम गरी निजहरुलाई सोही ऐनको दफा ८(४) वमोजिम सजाय गरी उल्लिखित बिगो रकममध्ये रु.१९,११,५८३।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/26
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनिया उपर बिगो रु.९१,८६,५४३।३० कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/23
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/22
कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/20