श्री शाइकुमारी आधारभूत विद्यालय रुकुम (पश्चिम) मुसिकोटका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी., तत्कालीन प्रधानाध्यापकसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१२ गते ।
----------------------------------------------------
श्री शाइकुमारी आधारभूत विद्यालय रुकुम (पश्चिम) मुसिकोटका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी., तत्कालीन प्रधानाध्यापकसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
--------------------------------------------------------------------------------------------------------------
 
जिल्ला रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. ५ थर्पु डिक्रेस्थित श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र तत्कालीन प्रधानाध्यापकसमेतले विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानून विपरीत लगानी गरी दुरुपयोग गरेको, बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी. र तत्कालीन प्रधानाध्यापक लाल बहादुर के.सी.ले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावली २०५९ को नियम १६५ विपरीत विद्यालयको रु.८,९४,०००।- विभिन्न व्यक्ति¸ सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋणकर्जा दिई उक्त रकम फिर्ता नगरी नगराई खाईमासी बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको देखिएकोले निजहरुउपर बिगो रु.८,९४,०००।- (आठ लाख चौरानब्बे हजार रुपैयाँ) कायम गरी दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐनको दफा 3 को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद र विगोबमोजिम जरिबाना हुन साथै दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुनसमेत मागदावी लिइएको छ।

 यसैगरी वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया के.सी.ले सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी विद्यालयको रु.८,००,०००।- बाटो निर्माण गर्नको लागि लिई बाटो निर्माण नगरी उक्त रकम विद्यालयको खातामा दाखिल नगरी खाईमासी गैरकानूनी लाभ लिई बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको देखिएकोले निजउपर सोही दफा बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिइएको छ।

साथै उक्त विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी नियम विपरीत विद्यालययको रकम सडक निर्माण उपभोक्ता समितिको नाममा आफै लिई सो रकमबाट सडक निर्माण गर्नुपर्नेमा नगरी तथा विद्यालयबाट सापटी भनी लिएको रकम फिर्ता नगरी सो रकमसमेत रु.८,४८,०००।- सरकारी रकम हानिनोक्सानी तथा हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको देखिएकोले निजउपर विगो रु.८,४८,०००।- कायम गरी ऐ.ऐ.को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद र विगोबमोजिम जरिबाना हुन एवं दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुनसमेत मागदावी लिनुपर्नेमा निजको मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्रबाट देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता¸ २०७४ को दफा १३३ को उपदफा (२) तथा दफा १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्थाबमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता¸ २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) बमोजिम मृत्यु भएको व्यक्तिको हकमा सरकारी विगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले स्व. द्रोण बहादुर खत्रीको हकमा निजको हकवाला श्रीमती पुतला खत्री, छोराहरु विनोद के.सी.¸ विवेक के.सी. र विशाल के.सी.समेतबाट भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुलउपर गर्ने प्रयोजनको लागि मात्र मागदावी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
    
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11