जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, अधिकृत, होटल संचालकसमेत ४ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।११ गते ।
----------------------------------------------------

जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सुर्खेतले मिति २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले होटल संचालकसँग खाली बिल लिई उक्त खाली बिलमा किर्ते बिल भरपाई तयार गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी लेखा अधिकृत मोहन बहादुर बुढाले रू.२,६२,५०२।–(दुई लाख बैसठ्ठी हजार पाँच सय दुई) भुक्तानी दिएको, भुक्तानीका लागि तयार पारेको विलको मिति र कार्यक्रममा उपस्थित मानिसहरुको संख्या र कार्यक्रमको मिति र उपस्थित संख्यासमेत फरक परेको देखिँदा निज मोहन बहादुर बुढाले झुट्टा बिल भरपाई तयार गरी पञ्चपुरी नगरपालिकालाई गैरकानूनी तवरले हानी पुर्‍याउने एबं आफूसमेतले गैरकानूनी लाभ लिने बदनियतले झुट्टा बिल भरपाई बनाउने कार्य गरेको हुँदाँ निजलाई भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) वमोजिम कसुरमा बिगो रु.२,६२,५०२।– कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम निजबाट उक्त बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ ।

न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीले पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतमा भुक्तानी लिनका लागि आफ्नो होटलको बिलमा आफैले भरी भुक्तानीका लागि निबेदनसाथ पेश गर्नुपर्नेमा सो नगरी उक्त होटलको पान नं. भएको खाली बिलहरुमा छाप लगाई मोहन बहादुर बुढालाई दिई निजबाट रू.२,६२,५०२।– भुक्तानीसमेत लिएको र गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरी झुट्टा बिल भरपाई बनाउने कार्यमा मतियार भई निज भबिलाल रामजालीले गरेको उक्त कार्य भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ को प्रतिबन्धात्मक बाक्यांश अनुसारको मतियारको कसुर गरेकाले निज भविलाल रामजाली उपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ.दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

पञ्चपुरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय सुर्खेतका अधिकृत (छैटौ) लाल बहादुर सुवेदीले झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले सरकारी रकम हिनामिना गर्ने कार्यमा मतियारको काम गरेको पुष्टि हुन आएकोले निज लाल बहादुर सुवेदीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ बमोजिम मतियारको रुपमा कसुर गरेकाले निज लाल बहादुर सुवेदीउपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ. दफा २२ अनुसार सजाय हुन मागदावी लिइएको छ ।

यसैगरी पञ्चपुरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय सुर्खेतका अधिकृत (छैटौ) तुलसी के.सी.ले पञ्चपुरी नगरपालिका अन्तर्गत शिक्षा शाखाबाट आयोजना हुने बिज्ञ समुहको बैठक, परीक्षा समितिको बैठक र शिक्षा समिति बैठकहरूको लागि मोहन बहादुर बुढालाई झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी गर्न सहयोग गरेको र निजको उक्त कार्य भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ बमोजिम मतियारको कसुर गरेकाले निज तुलसी के.सी.उपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ. दफा २२ बमोजिमको सजाय हुन मागदावी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24