जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, अधिकृत, होटल संचालकसमेत ४ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।११ गते ।
----------------------------------------------------

जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सुर्खेतले मिति २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले होटल संचालकसँग खाली बिल लिई उक्त खाली बिलमा किर्ते बिल भरपाई तयार गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी लेखा अधिकृत मोहन बहादुर बुढाले रू.२,६२,५०२।–(दुई लाख बैसठ्ठी हजार पाँच सय दुई) भुक्तानी दिएको, भुक्तानीका लागि तयार पारेको विलको मिति र कार्यक्रममा उपस्थित मानिसहरुको संख्या र कार्यक्रमको मिति र उपस्थित संख्यासमेत फरक परेको देखिँदा निज मोहन बहादुर बुढाले झुट्टा बिल भरपाई तयार गरी पञ्चपुरी नगरपालिकालाई गैरकानूनी तवरले हानी पुर्‍याउने एबं आफूसमेतले गैरकानूनी लाभ लिने बदनियतले झुट्टा बिल भरपाई बनाउने कार्य गरेको हुँदाँ निजलाई भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) वमोजिम कसुरमा बिगो रु.२,६२,५०२।– कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम निजबाट उक्त बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ ।

न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीले पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतमा भुक्तानी लिनका लागि आफ्नो होटलको बिलमा आफैले भरी भुक्तानीका लागि निबेदनसाथ पेश गर्नुपर्नेमा सो नगरी उक्त होटलको पान नं. भएको खाली बिलहरुमा छाप लगाई मोहन बहादुर बुढालाई दिई निजबाट रू.२,६२,५०२।– भुक्तानीसमेत लिएको र गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरी झुट्टा बिल भरपाई बनाउने कार्यमा मतियार भई निज भबिलाल रामजालीले गरेको उक्त कार्य भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ को प्रतिबन्धात्मक बाक्यांश अनुसारको मतियारको कसुर गरेकाले निज भविलाल रामजाली उपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ.दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

पञ्चपुरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय सुर्खेतका अधिकृत (छैटौ) लाल बहादुर सुवेदीले झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले सरकारी रकम हिनामिना गर्ने कार्यमा मतियारको काम गरेको पुष्टि हुन आएकोले निज लाल बहादुर सुवेदीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ बमोजिम मतियारको रुपमा कसुर गरेकाले निज लाल बहादुर सुवेदीउपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ. दफा २२ अनुसार सजाय हुन मागदावी लिइएको छ ।

यसैगरी पञ्चपुरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय सुर्खेतका अधिकृत (छैटौ) तुलसी के.सी.ले पञ्चपुरी नगरपालिका अन्तर्गत शिक्षा शाखाबाट आयोजना हुने बिज्ञ समुहको बैठक, परीक्षा समितिको बैठक र शिक्षा समिति बैठकहरूको लागि मोहन बहादुर बुढालाई झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी गर्न सहयोग गरेको र निजको उक्त कार्य भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को खण्ड (ङ) को कसुरमा ऐ. दफा २२ बमोजिम मतियारको कसुर गरेकाले निज तुलसी के.सी.उपर भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारलाई हुने सजायमा ऐ. दफा २२ बमोजिमको सजाय हुन मागदावी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10