जिल्ला सप्‍तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------

जिल्ला सप्‍तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद गर्दा फार्मको संचालकबाट घाँस खरिद गरेवापत घुस चेकमार्फत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशु विकास अधिकृत शिव नारायण यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरी खरिद गरिएको भनिएको घाँस कहाँ कसलाई के कसरी वितरण गरेको हो सोको भरपाईसमेत पेश्की फर्छ्यौटको लागि कार्यालयमा पेश गर्न नसकेको, फार्मका संचालकलाई रु.७०,०००।– मात्र भुक्तानी दिई घाँस खरिद गरेको भनी रु. १,८०,०००।- सरकारी रकम हानिनोक्सानी गरी निज शिव नारायण यादबले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज शिव नारायण यादवलाई रु.१,८०,०००।- (एक लाख असी हजार रुपैयाँ) बिगो कायम गरी ऐ. ऐनको दफा १७ मा उल्लेख भए वमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सान भएको बिगो निजबाट असुल उपर समेतको सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी, निज शिव नारायण यादबले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दवाव र प्रभावमा पारी निजबाट रु. २१,०००।– घुस रिसवतसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज शिव नारायण यादबले लिएको घुस/रिसवत रु.२१,०००।– (एक्काइस हजार रुपैयाँ) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय, विगो बमोजिम जरिवाना र लिइसकेको घुस/रिसवत समेत जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24