जिल्ला सप्‍तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------

जिल्ला सप्‍तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद गर्दा फार्मको संचालकबाट घाँस खरिद गरेवापत घुस चेकमार्फत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशु विकास अधिकृत शिव नारायण यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरी खरिद गरिएको भनिएको घाँस कहाँ कसलाई के कसरी वितरण गरेको हो सोको भरपाईसमेत पेश्की फर्छ्यौटको लागि कार्यालयमा पेश गर्न नसकेको, फार्मका संचालकलाई रु.७०,०००।– मात्र भुक्तानी दिई घाँस खरिद गरेको भनी रु. १,८०,०००।- सरकारी रकम हानिनोक्सानी गरी निज शिव नारायण यादबले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज शिव नारायण यादवलाई रु.१,८०,०००।- (एक लाख असी हजार रुपैयाँ) बिगो कायम गरी ऐ. ऐनको दफा १७ मा उल्लेख भए वमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सान भएको बिगो निजबाट असुल उपर समेतको सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी, निज शिव नारायण यादबले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दवाव र प्रभावमा पारी निजबाट रु. २१,०००।– घुस रिसवतसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज शिव नारायण यादबले लिएको घुस/रिसवत रु.२१,०००।– (एक्काइस हजार रुपैयाँ) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय, विगो बमोजिम जरिवाना र लिइसकेको घुस/रिसवत समेत जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10