मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेत उपर बिगो रु.१,३५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।२९ गते ।
----------------------------------------------------

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।११।१२ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग रु.१,३५,०००।– घुस/रिसवत रकम माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक बार्गेनिङ गरी घुस/रिसवतवापतको रकम लिएको पुष्टि हुन आएको हुँदा निज लक्ष्मण बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर गरेकोले निजलाई बिगो रु.१,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06