पचरौता नगरपालिका, बारामा कार्यरत कार्यालय सहयोगी (करार) ध्रुव महतो नुनियाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०१।३१ गते।
------------------------------------------
बादी नेपाल सरकार प्रतिवादी पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर राम प्रकाश सतरा भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भवानीपुर बाराको कम्पाउण्डवाल निर्माणको कागजमा सही गर्नको लागि निजले रु. १५,०००।– (पन्ध्र हजार) घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।०४।१५ गते श्री विशेष अदालत, काठमाडौंमा दायर भएको भ्रष्टाचार मुद्दाका सम्बन्धमा पचरौता नगरपालिका वडा नम्बर ०७ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुर, बाराको कम्पाउण्डवाल निर्माणको कागजातमा सही गर्न इन्जिनियर राम प्रकाश सतराले घुस/रिसवतवापत रु. १५,०००।– माग गरेकोले उक्त रकम सेवाग्राहीबाट कार्यालय सहयोगी ध्रुव महतो नुनियाले लिई निजले इन्जिनियरलाई दिएको अवस्थामा उक्त रकम सहित इन्जिनियर राम प्रकाश सतरा र निज कार्यालय सहयोगी ध्रुव महतो नुनिया पक्राउ परेकोमा निज ध्रुव महतो नुनियाले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारवाही गराउने कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा सहयोग पुर्‍याएको आधार कारणबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा मिति २०७६।१०।१५ गते वकपत्र गर्दा मौकाको कागज तथा अनुसन्धानको क्रममा गरेको वयान कागजको व्यहोरासमेतलाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांश र विशेष अदालत ऐन, २०५९ को दफा ९ को प्रावधानबमोजिम निज कार्यालय सहयोगी (करार) ध्रुव महतो नुनियाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशको आधारमा दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज ध्रुव महतो नुनियालाई बिगो रु. १५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06