इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
-------------------------------------------------

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवले सेवाग्राहीसँग घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरु नेपाल-भारत सिमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज राजकुमार यादवलाई सेवाग्राहीबाट रु.५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवले सेवाग्राहीसँग घरमा प्रयोग हुने नुन, तेल र चिनी लगायतका सामान भारतबाट नेपाल ल्याउँदा सहज गरिदिएबापत घुस/रिसवत लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु. ५,०००।–(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06