जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल उपर बिगो रु. ५०,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२० गते ।
---------------------------------------------------

जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सेवाग्राहीसँग रु. १,५०,०००।– चाहिन्छ नदिएमा कारागारमा ५ बर्ष थुनिदिन्छु भनी धम्काई मोलाहिजा गरी डरत्रास देखाई सेवाग्राहीबाट रु. ५०,०००।– घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले निजलाई बिगो रु. ५०,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन र निजले बयानको क्रममा दाखिला गरेको रु. ५०,०००।- सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र ठेकेदार कम्पनी M/S CHINA CAMC ENGINEERING CO.LTD उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/07