दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत १० जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०७ गते
------------------------------------------
दुग्ध विकास संस्थानले काठमाण्डौ उपत्यकामा दुग्ध वितरणको लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा.लि.लाई ठेक्‍का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुन: सम्झौता गरी संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको भन्‍नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्‍वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रा.लि.का संचालकद्वय फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का र तत्कालीन सञ्चालक सतिस कुमार गिरी समेतको मिलेमतोमा दुग्ध विकास संस्थानलाई हानि नोक्सानी पुर्‍याउने बदनियतले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्वस्थापन शाखा, प्रशासन व्वस्थापन विभाग र आर्थिक व्वस्थापन विभाग समेतको सिफारिस राय विपरित साविक २०६९।१०।२२ गतेको सम्झौतामा उल्लेखित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५% मूल्यवृद्धि गर्ने निर्णय गरी/गराई अस्वाभाविक बढी भुक्तानी दिई निजहरूले आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।

 देहाए:- 

 

सि.न  नामथर पद  कार्यालय  विगो  कसुर तथा सजाय मागदावी
१ गंगा तिमसिना     तत्कालीन महाप्रबन्धक दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय, लैनचौर रु.४६,७९,१८२।३५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनको साथै दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदावी लिइएको ।
२ डा.ईश्‍वरी प्रसाद अधिकारी तत्कालीन निमित्त उपमहाप्रबन्धक ,, रू.४६,७९,१८२।३५  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
३ राज गोबिन्द राजकर्णिकार  तत्कालीन आयोजना प्रमुख  काठमाण्डौ दुग्ध वितरण आयोजना, बालाजु  रू.४६,७९,१८२।३५  ,,
४ माधव प्रसाद ओझा  तत्कालीन सहायक प्रबन्धक ,, रू.४६,७९,१८२।३५  ,,
५ राजनजंग थापा  तत्कालीन बरिष्ठ लेखा अधिकृत ,, रू.४६,७९,१८२।३५ ,,
६ दिपक सुवेदी   तत्कालीन प्रशासकीय अधिकृत हाल  प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख  तत्कालीन काठमाण्डौ दुग्ध वितरण आयोजना, बालाजु  हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौर  रू.४६,७९,१८२।३५  ,,
७ गोकुल फुयाल  संचालक श्री गोकुल निर्माण सेवा, गोलढुंगा-६, काठमाण्डौ  रु.२२,१९,६६८।०२ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन मागदावी लिइएको।
८ दिप बहादुर खड्का   ,, ,, साविक प्रभु आदित्य बिजनेश प्रा.लि. हालको प्रभु आदित्य बिजनेश एण्ड कन्ट्रक्सन प्रा.लि. काठमाडौं रु.२४,५९,५१४।३३ ,,
९ फणिन्द्र प्रसाद दाहाल  ,, ,, रु.२४,५९,५१४।३३ ,,
१० सतिस कुमार गिरी   तत्कालीन संचालक ,, रु.२४,५९,५१४।३३ ,,
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06