एस.आर.डी. कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप के.सी. उपर बिगो रु.७५,८०,६४९।– कायम गरी गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२७ गते।
------------------------------------------

जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप के.सी.ले नवलपरासी जिल्ला सुनवल नगरपालिकाको पानभार खोलाको आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासी सन्दर्भमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी रु.७५,८०,६४९।–रकम उठाई गैरकानूनी लाभ लिएको पुष्टि हुन आएको र निजहरु रमेश पराजुली तथा सन्दिप के.सी.को उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरजन्य कार्य भएकोले निजहरुलाई बिगो रु.७५,८०,६४९।–(पचहत्तर लाख असी हजार छ सय उनन्चास रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा ८ (४) बमोजिम जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06