तनहुँ जिल्ला साविकको घाँसीकुवा गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपानेसमेत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२७ गते।
------------------------------------------
 
तनहुँ जिल्ला, घाँसीकुवा गा.वि.स.मा दशै खर्च, परिषद्‍ तयारी खर्च भनी १/१ महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, Consultant नियुक्ति पछि गरी पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन घाँसीकुवा गाउँ विकास समितिमा आ.व. २०७०/०७१ र आ.व. २०७१/०७२ मा बिभिन्न शीर्षकमा गरी जम्मा रु. १,४७,३६४।७५ बराबरको सरकारी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएको र सो कार्यमा देहायका व्यक्तिहरुले देहाय अनुसारको कसुर गरेको देखिएकोले निजहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. नामथर  कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपाने साविक घाँसीकुवा गा.वि.स. तनहुँ रु. १,४७,३६४।७५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर शुकदेव अधिकारी तत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँ रु. ६३,७५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन योजना अधिकृत गणेश घिमिरे  तत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ  रु. ६३,७५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर तिर्थराज ढुङ्गाना तत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँ  रु. ७२,२५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन अधिकृत ऋषिभक्त वाग्ले तत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ  रु. ७२,२५०।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
रजिष्टर लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाल  साविक घाँसीकुवा गा.वि.स. तनहुँ - भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (१) बमोजिम निजहरुलाई सजाय हुन मागदाबी लिइएको छ ।
 
 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 
 
 
 
 

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21