मालपोत कार्यालय हरिवन, सर्लाहीका ना.सु. बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२० गते ।
----------------------------------------------------

मालपोत कार्यालय हरिवन, सर्लाहीका ना.सु. बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.-२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु.११,०००/- (एघार हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको साथै नायब सुब्बा बेदनिधी बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय हरिवन सर्लाहीका ना.सु. बेदनिधी बरालले सेवाग्राहीको जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधन प्रयोजनार्थ आफ्नो ओहदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी उक्त रकम दिन बाध्य तुल्याई लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीमार्फत लिएको पुष्टी हुन आएको हुँदा निज बेदनिधी बरालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई बिगो रु. ११,०००।– (एघार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम लिई ना.सु. बेदनिधी बरालसँग मिलि बाँडिचुडी खाने कार्य गरेको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर पुष्टी हुन आएकोले निज राम सुन्दर महतो कोइरीलाई बिगो रु. ११,०००।– (एघार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06