वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना उपर बिगो रु. ३,६५,०९,४५६।३४ कायम गरी गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।१३ गते ।
----------------------------------------------------
 
लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र  इन्जिनियर पाण्डव प्रसाद देवले Stud निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी Stud निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी गराएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुर प्रमाणित हुन आएको हुँदा निजहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. ३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैयाँ चौतीस पैसा)  कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन  र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको Stud निर्माण गरी कम गुणस्तरको ग्यावियन तारबाट निर्मित Stud हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्ती/मैनाचुली जे.भी. का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा.लि. का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्ती/मैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले रवि सिंह र मदन कुमार अधिकारीलाई बिगो रु. ३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैयाँ चौतीस पैसा)  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा ४ बमोजिम उक्त बिगो निजहरुबाट असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
 
साथै, महादेव खिम्ती/मैनाचुली जे.भी.का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) ले निर्धारित शर्त र सम्झौताविपरित कम गुणस्तरको Stud निर्माण गरी कम गुणस्तरको ग्यावियन तारबाट निर्मित Stud हरुलाई गुणस्तरयुक्त भनी महादेव खिम्ती/मैनाचुली जे.भी. का तर्फबाट तयार भएको बिलबमोजिमको रकम बुझ्ने लगायत सम्बद्ध कागजातहरुमा दस्तखत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले निज सन्तोष प्रधान (शाही) लाई बिगो रु. ३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैयाँ चौतीस पैसा)  कायम गरी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ.ऐ. ऐनको दफा ८ को उपदफा ४ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07