जिल्ला सुर्खेत, बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. उपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२७ गते ।
-------------------------------------------------

बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं. १३ स्थायी बसोवास भएका रत्न बहादुर बि.क. ले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज रत्न बहादुर बि.क. लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निज रत्न बहादुर बि.क. ले बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट राजस्व रकम रु. २०,२०,०६७।०१ संकलन गरेकोमा बिभिन्न मितिमा रु. ४,१६,६००।–बैंक दखिला गरी रु. १६,०३,४६७।०१ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको र संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव (सहायकस्तर पाँचौ) इन्द्र प्रसाद अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो एवं संलग्नता र मद्दत पुर्‍याएको देखिन आई निजहरु वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो रु. १६,०३,४६७।०१ (सोह्र लाख तीन हजार चार सय सतसठ्ठी रुपैंया एक पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद सजाय हुन र ऐ.ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनका साथै हिनामिना गरेको रास्वमध्ये रु. ७,१६,७१७।०१ हालसम्म पनि दाखिला नगरिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दाखिला नगरिएको बिगो रु. ७,१६,७१७।०१ (सात लाख सोह्र हजार सात सय सत्र रुपैंया एक पैसा) निज आरोपीहरु इन्द्र प्रसाद अधिकारी र रत्न बहादुर बि.क. बाट असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06