हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंहउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------

हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह (अधिकृतस्तर छैठौं तह) ले विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत भुपेन्द्र कुमार सिंहलाई रु.४,०००/- (चार हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीले हरिपुर नगरपालिका कार्यालय सर्लाहीको आ.ब. ०७६/७७ मा नगरपालिकाले उपलब्ध गराएको सूचना सन्देश स्वास्थ्य कार्यक्रम प्रशारण गरी सम्पूर्ण बिल लगायतको कागजातहरु पेस गरी भुक्तानी लिने सिलसिलामा दु:ख हैरानी दिने नियतले हरिपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सर्लाहीका लेखा अधिकृत पदमा कार्यरत (छैठौँ तह) भुपेन्द्र कुमार सिंहले सेवाग्राहीलाई घुस/रिसवत रु. ४,०००।- दिन बाध्य तुल्याई आफ्नो ओहदा र पदीय दायित्वसमेत ख्याल नराखी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी उक्त घुस रिसवतवापतको रकम भुपेन्द्र कुमार सिंहले आफू नलिई आफ्नो शाखाको कर्मचारीलाई लिन बोलाइ निजमार्फत लिएको व्यहोरा स-प्रमाण पुष्टि हुन आएको हुँदा निज लेखा अधिकृत (छैठौँ तह) भुपेन्द्र कुमार सिंहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा बिगो रु.४,०००- (चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07