जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका स्थित जनकल्याण सामुदायिक व.उ.स.का कोषाध्यक्ष मीन बहादुर घोले र जनसेवा सामुदायिक व.उ.स. का कोषाध्यक्ष तीर्थ बहादुर रानाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१२ गते ।
-------------------------------------------------

जिल्ला सिन्धुली, तीनपाटन गाउँपालिका वडा नं. १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं. ९ मा लैजान दिने भनी घुस/रिसवत रकम माग गरी उक्त घुस/रिसवत रकम लिई पुरानो काठ लैजान दिएको भन्ने निवेदनको अधारमा ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट मिति २०७७।०२।२१ गते श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तीनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेको साथबाट रु.३,००,०००/- (तीन लाख) र जनसेवा वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तीनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष तिर्थ बहादुर रानाको साथबाट रु.३०,५००/- (तीस हजार पाँच सय) घुस/रिसवत बापतको रकम वरामद गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा दाखिला हुन आएको हुँदा निजहरुलाई आयोगको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० स्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीन बहादुर घोलेले सेवाग्राहीले प्रयोग गरेका पुराना काठपातहरु जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० बाट ऐ. वडा नं. ९ मा लैजान लाग्दा उक्त काठ रोकी रु. ३,००,०००।– (तीन लाख) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निज मीन बहादुर घोलेलाई बिगो रु. ३,००,०००।– कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिइएको छ ।

साथै जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० मा स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थ बहादुर रानाले सेवाग्राहीले प्रयोग गरेका पुराना काठपातहरु जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० बाट ऐ. वडा नं. ९ मा ढुवानी गर्न छाडिदिने प्रयोजनको लागि रु. ३०,५००।–(तीस हजार पाँच सय) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको भएकोले निज तीर्थ बहादुर रानालाई बिगो रु. ३०,५००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुनका साथै बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06