इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जना उपर बिगो रु. ६१,०२०।– कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०७ गते ।
-------------------------------------------------
 
इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासमेतले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक नृप बहादुर बोहराले सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तबरले हानिनोक्सानी गरेको तथा सो कार्यलाई ढाकछोप गर्न सामुदायिक वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको तथ्य पुष्टि हुन आएकोले नृप बहादुर बोहराले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १८ बमोजिम कसुर गरेको देखिंदा निज नृप बहादुर बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) र दफा १८ बमोजिम जम्मा बिगो रु. ६१,०२०।– (एकसठ्ठी हजार बीस) कायम गरी सजाय हुन मागदाबी लिइएको छ । 
 
ख. केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले इलाका प्रहरी कार्यालय विपीनगरलाई विना छुटपुर्जी दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको साथै नृप बहादुर बोहराले गरेको कसुर लुकाउन भूमिकासमेत खेलेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज चक्र बहादुर साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जम्मा बिगो रु. ६१,०२०।– कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07