नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौडाका इलेक्ट्रिसियन रत्न बहादुर थिङ्ग उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०७ गते ।
-------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौंडाका इलेक्ट्रिसियन रत्न बहादुर थिङ्गले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौडाबाट कक्षा-८ (आठ) उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली प्रमाण-पत्र पेश गरी तह-१ कुल्ली/जुनियर हेल्पर पदमा स्थायी नियुक्ति लिई सोही प्रमाण-पत्रका आधारमा तह-२ हेल्पर पद तथा तह-३ इलेक्ट्रिसियन पदमासमेत बढुवा भई सेवामा बहाल रही लाभसमेत लिएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर देखिएकोले निज रत्न बहादुर थिङ्गलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06