Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१५ गते ।
-------------------------------------------------

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार इण्टरमिडिएट शिक्षा परिषद पटना भारतबाट इण्टरमिडिएट तहको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको तथा बढुवा नियुक्ति लिई लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा तत्कालीन प्रहरी नायब निरीक्षक पदमा कार्यरत बिष्णु प्रसाद दलालीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादवउपर बिगो रु. ७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/03/22
भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हेलन गुरुङउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20
श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली-४, चितवनमा राहत दरबन्दीका तत्कालीन शिक्षक नारायण शर्मा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20
नेपाल विद्युत प्राधिकरण जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महंथ मण्डल उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20
सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा कार्यरत शिक्षक जितेन्द्र कुमार झाउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20
नेपाल विद्युत् प्राधिकरण, ग्रिड महाशाखा, चौकिटोल, हेटौंडामा कार्यरत हेल्पर लोकनाथ खनाल उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20
श्री माध्यमिक विद्यालय, लगडी गदियानी, सिरहाका प्रा.वि. द्वितीय श्रेणीमा कार्यरत स्थायी शिक्षक राम नारायण यादवउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/03/20