मालपोत कार्यालय साँखु, काठमाडौंका नायब सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाउपर बिगो रु. ५५,०००।– कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
---------------------------------------------------

मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत घुस/रिसवत लिदैं गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग घुस/रिसवत माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आई निज रामेश्वर कुईकेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु. ५५,०००।– (पचपन्न हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायको मागदाबी लिने र लेखापढी व्यवसायी श्रीराम रापकोटाले घुस/रिसवत माग गर्ने नायब सुब्बा रामेश्वर कुईकेललाई घुस/रिसवत दिइसकेको अवस्थामा निजलाई नियन्त्रणमा लिई उक्त रकम बरामद भएको खुल्न आई निज लेखापढी व्यवसायीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टी हुन आएको हुँदा निज श्रीराम सापकोटालाई बिगो रु. ५५,०००।– कायम गरी सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन र रामेश्वर कुईकेलको साथबाट बरामद भएको घुस/रिसवतबापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई  आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/14
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03