घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहउपर बिगो रु. ७०,०००।– कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२९ गते ।
-------------------------------------------
घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज नवीनकुमार सिंहलाई सेवाग्राहीबाट घुस/रिसवत बापतको रु. ७०,०००/- (सत्तरी हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा सना उद्योग कार्यालय मलंवाका करार सेवाका कम्प्युटर अपरेटर नवीनकुमार सिंहले सेवाग्राहीसँग उद्योग दर्ता गरिदिएबापत घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज नवीनकुमार सिंहलाई बिगो रु. ७०,०००।– (सत्तरी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07