डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनउपर बिगो रु. २०,००,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२७ गते ।
-------------------------------------------

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानी लिनका लागि घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरुलाई रु.२०,००,०००।- (बीस लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा संकलित सबुद प्रमाणहरुबाट ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि. ले प्रोलिफिक कन्सट्रक्सन एण्ड इन्जिनियरीङ्ग प्रा.लि.का प्रोप्राइटरसँग Sub-contractor को सम्झौता गरी प्यूठान जिल्लाको भिङग्री देखि स्वर्गद्वारी सडक खण्डको १४ कि.मी. कालोपत्रे निर्मार्णको लागि सम्झौता अनुसार कार्य गर्दै आएकोमा सोही कामको भुक्तानीको लागि डिभिजन सडक कार्यालय प्यूठानमा पेश गरेको  बाँकी Running Bill को भुक्तानीको लागि पटकपटक अनुरोध गर्दा बरबहाना बनाई सेवाग्राहीलाई अफ्ठेरोमा पारी आफ्नो अधिकार र ओहोदाले गर्नुपर्ने कार्य नगरी भुक्तानी भइसकेको रकममध्येको रकम रु. ४ करोडको ६ प्रतिशतले हुने रकम रु. २४ लाख रुपैयाँ निजहरुले घुस/रिसवत माग गरेकोमा बार्गेनिङ हुँदा रु. ४ लाख रुपैयाँ निज डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जसमेतले घटाई बाँकी रु. २०,००,०००।– घुस/रिसवत माग गरी माग गरेअनुसारको रकम नदिएमा सेवाग्राहीको नियमानुसार हुने काममा नहुनेसम्मको डर त्रास देखाई, भ्रष्टाचार गर्ने गलत मनसायले मोलमोलाहिजा (बार्गेनिङ) गरी सेवाग्राहीलाई परिबन्धमा पारी हुने कामलाई पनि रोकी घुस/रिसवत दिन बाध्य बनाएको पाइएको ।

मिति २०७६।०८।२४ गते सेवाग्राहीलाई का.जि.का.म.पा. वडा नं. १० नयाँबानेश्वरस्थित रोयल एलिनाज बेकरी क्याफेमा इन्जिनियर निरोज महर्जनले बोलाई सोही क्याफेभित्र डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनसमेतले सेवाग्राहीलाई भेटी रु. २०,००,०००।– घुस/रिसवत स्वरुप सि.डि.इ. ध्रुवकुमार श्रेष्ठ र निरोज महर्जनले लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निज राष्ट्रसेवक डिभिजन सडक कार्यालय प्यूठानका डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजहरुलाई बिगो रु. २०,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10