कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत गंगाराज शाहीसहित ३ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
------------------------------------------

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषितर्फको डिप्लोमा (I.Sc.Ag.) प्रथम वर्षको बाह्य परीक्षामा परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकाहरु परिवर्तन गरी अनियमितता गरेको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत रहेका र तलबी अध्ययन बिदामा सोही शिक्षालयमा अध्ययनरत रहेका गंगाराज शाही र कर्णाली प्राविधिक शिक्षालयका परीक्षा सहायक तथा उक्त परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले एकआपसमा मिलेमतो गरी अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई गैरपरीक्षार्थी टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाई पृष्ठहरु गंगाराज शाहीको उत्तरपुस्तिकामा संलग्न गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम प्रश्नपत्रको गोपनियता भंग तथा परीक्षाको परिणाम फेरबदलसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निज गंगाराज शाही र चन्द्रसिंह खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।

साथै तत्कालीन समयमा कर्णाली प्राविधिक शिक्षालयमा I.Sc.Ag. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी टंकप्रसाद चौलागाईले I.Sc. Ag. प्रथम वर्षको बाह्य परीक्षामा अङ्ग्रेजी विषयमा बाहेक अन्य सबै विषयमा परीक्षा सहायक तथा परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले उपलब्ध गराएका प्रश्नपत्रका उत्तरहरु, निजले नै उपलब्ध गराएका उत्तरपुस्तिकाका पृष्ठहरुमा लेखिदिएको र टंकप्रसाद चौलागाईले उत्तर लेखेका पृष्ठहरु नै परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकामा संलग्न गरेको देखिएबाट निज टंकप्रसाद चौलागाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरको मतियार हुने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा उल्लेख भएबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07