स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोसहित ३ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई बिभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछ्यौट गर्ने क्रममा नक्कली विल भरपाई पेश गरी पेश्की फछ्यौट गर्न दवाब दिएको, निजले सञ्चालन गरेका कार्यक्रमहरु कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा स्वास्थ्य कार्यालय म्याग्दीका क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोले बिभिन्न मितिमा स्वास्थ्य कार्यालयबाट कार्यादेश लिई क्षयरोगसम्बन्धी अभिमुखिकरण, घर दैलो, माइक्रोस्कोपिक क्याम्प, DMT TOOL and WHO MEC को माध्यमबाट परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम तथा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबि मोडुलर तालिम सञ्चालन गर्न रकम विनियोजन भएकोमा बिभिन्न शीर्षकमा बैक दाखिला गरी बाँकी रहेको रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको बिगो रु. ४,८१,९९५/०२ ( चार लाख एकासी हजार नौ सय पन्चान्नब्बे रुपैयाँ पैसा दुई) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७  मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।

साथै स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार लेखापाल हरिशंकर शर्माले पेश्की फछर्यौट तथा भुक्तानी भएको DMT TOOL and WHO MEC को माध्यमबाट परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम र उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबि मोडुलर तालिम सञ्चालनमा रु. १,७८,४८६/- (एक लाख अठहत्तर हजार चार सय छयासी) मनोमानी ढङ्गले रकम खर्च गराई बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज तत्काल स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हाल निलम्बित भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको रमक रु. १,७८,४८६/- बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06