राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सप्तरीका सूचक धर्मेन्द्रकुमार झाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।११ गते ।
--------------------------------------------

राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजलाई रु. ५,०००।-(पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सप्तरीका सूचक धर्मेन्द्रकुमार झाले सेवाग्राहीलाई नियमानुसार भारतबाट बिहे/पार्टीमा लगाउने टेन्ट लगायतका सामान ल्याउने क्रममा घुस/रिसवत माग गरी दु:ख हैरानी दिई घुस दिए भारतबाट सामान ल्याउन भन्सार तथा सुरक्षा निकायसँग सहजीकरण गरिदिने भनी रु.५,०००।-(पाँच हजार) घुस/रिसवत लिएको प्रमाणित भएकोले निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निज धर्मेन्द्रकुमार झालाई बिगो रू.५,०००।- (पाँच हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07