मोहन कन्या माध्यमिक विद्यालय पाल्पाका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालसहित ४ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१० गते ।
--------------------------------------------

जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. ४ स्थित रहेको मोहन कन्या माध्यमिक विद्यालयमा भवन र पर्खाल निर्माण कार्यको लागि आएको बजेट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल र प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीसमेतले अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष देवराज ढकाल र प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठले संयुक्त रुपमा विद्यालय भवन निर्माण कार्यका लागि निकासा भएको रकमबाट निर्माण सामग्री खरिद तथा कामदारलाई पेश्की भुक्तानी दिने लगायतमा खर्च गर्ने कार्य निज अध्यक्ष देवराज ढकाल र भवन निर्माण उपभोक्ता समितिका सचिव एवं हाल प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीसमेतले भवन र शौचालय निर्माणमा वास्तविक भएको भन्दा बढी खर्च तथा काम भएको झुठ्ठा बिल भरपाई पेश गरी साविकको जिल्ला शिक्षा कार्यालय, पाल्पामा हिसाब फरफारक गराउने कार्यमार्फत निजहरुले नेपाल सरकारको रकम बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) ले परिभाषित गरे बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा कसुर गर्ने मोहन कन्या मा.वि. पाल्पाका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक तथा भवन निर्माण उपभोक्ता समितिका सचिव दीपकप्रसाद ज्ञवाली र तत्कालीन प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठलाई बिगो रु.७,३०,००५।१६ (सात लाख तीस हजार पाँच रुपैयाँ सोह्र पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय र हानिनोक्सानी हिनामिना पुर्‍याएको रकम बिगो रु.७,३०,००५।१६ निज प्रतिवादीहरुबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदाबी लिने ।
साथै, साविकको जिल्ला शिक्षा कार्यालय पाल्पाका तत्कालीन सव-इन्जिनियर रामस्वरुप चौधरीले आफ्नो पदीय दायित्व पूरा नगरी वास्तविक भएको काम भन्दा बढी देखाई गलत प्रतिवेदन तयार गरी भवन र शौचालयसमेतको कार्य सम्पन्न प्रतिवेदनमा बढी मूल्याङ्कन गरी योजना फरफारक गराएकोले बदनियत तरिकाले नेपाल सरकारको रकम हानिनोक्सानी पुर्‍याएको देखिएकोले निज प्रतिवादी रामस्वरुप चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) ले परिभाषित गरे बमोजिमको कसुर गरेकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07