जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेत ४ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०९ गते ।
--------------------------------------------------

जिल्ला प्रशासन कार्यालय, पर्साबाट गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा वीरगञ्ज महानगरपालिका वडा नं. ११ को बसाइसराइको सरकारी कागजातलाई सच्याई वडा नं. १५ वनाएको, ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नाम खण्डमा जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको, स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ वस्ने आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ वस्ने ममताकुमारी गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुव्वा चन्द्रदेव ठाकुर र सोही कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेतको संलग्नता देखिएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर भएकोले निजहरू गजेन्द्रप्रसाद कुर्मी, चन्द्रदेव ठाकुर र दुर्गादत्त पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुन र ममताकुमारी गुप्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज ममताकुमारी गुप्तालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06