शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ वुटवल, रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडल र जे.सि.भी. चालक बिक्रम बस्नेतउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०६ गते ।
---------------------------------------

शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निज सन्दिप पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका जे.सि.भी. चालक बिक्रम बस्नेतले सेवाग्राहीबाट रु.१,२०,०००।–(एक लाख बीस हजार) घुस/रिसवत लिईसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ वुटवल, रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडलले श्री प्रभाकर मा.वि. को भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.१,२०,०००।–(एक लाख बीस हजार) माग गरी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई लिन पठाई सेवाग्राहीबाट उक्त घुस रकम लिइसकेको अवस्थामा निज जे.सि.भी. चालक बिक्रम बस्नेतबाट घुस रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले आरोपीहरु मध्ये सव-इन्जिनिर सन्दिप पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र अर्का आरोपी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा विगो रु. १,२०,०००।–(एक लाख बीस हजार) कायम गरी आरोपी सन्दिप पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम तथा बिक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (२) मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06