सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्य बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
------------------------------------------
सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यले व्यक्तिगत घरायसी प्रयोजनका लागि चाहिने सामान ओसार-पोसारमा सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यलाई सेवाग्राहीसँग रू. ७,०००/- (सात हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित, नौलो किराना पसलबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस क्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यले सेवाग्राहीलाई भारतबाट सामान्य घरायसी सामान ल्याउने क्रममा घुस माग गरी दु:ख हैरानी दिई सामान ल्याउन सहज गरी दिने भनी घुस रकम दिन बाध्य पारी सेवाग्राहीसँग रु. ७,०००।–(सात हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि भएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यलाई विगो रु.७,०००।–(सात हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06