जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जना उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------

जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्र कुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निजहरू प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीलाई सेवाग्राहीसँग रू.१,००,०००।–(रू. एक लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित चियापसलबाट मिति २०७६।०५।२७ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आधार प्रमाण र कारणहरुबाट करारमा शिक्षक नियुक्ती गरिदिने भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मियाँ अंसारी, सदस्यहरु ईलियास मियाँ अंसारी, जमिल मियाँ तथा  सहायक प्रधानाध्यापक मनिर मियाँको निर्देशन, सल्लाह तथा सहमतिमा  सेवाग्राहीबाट घुस/रिसवत रकम रु. १,००,०००।– (रु. एक लाखमात्र) लिइसकेको अवस्थामा निज सचिन्द्र कुमार कापरको साथबाट उक्त घुस रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको प्रमाणित हुन आएकोले निज आरोपितहरु प्रधानाध्यापक सचिन्द्र कुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमिल मियाँ अंसारी (हाल फरार रहेका) तथा सदस्यहरु ईलियास मियाँ अंसारी र जमिल मियाँ (जना ५) लाई  विगो रु. १,००,०००।– (रु. एक लाखमात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06