नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते
-------------------------------------------

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा र चौथो तहका कर्मचारी मेघराज काफ्लेले थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू मेघराज काफ्लेसमेतलाई  सेवाग्राहीबाट रू.४६,५५५।–(छयालीस हजार पाँच सय पचपन्न) घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू नायब सुब्बा (पाँचौं तह) विजय कुमार महरा र फोरम्यान (चौथो तह) मेघराज काफ्लेले सेवाग्राहीसँग थ्रीफेज लाईन जडान गरीदिने कार्यको लागि पहिलो पटक रू.९०,०००।–(नब्बे हजार) र दोस्रो पटक रू.४६,५५५।–( छयालीस हजार पाँचसय पचपन्न) गरी जम्मा रू १,३६,५५५।-(एक लाख छत्तीस हजार पाँच सय पचपन्न) घुस /रिसवत लिएको र निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिँदा निजहरूलाई विगो रू. १,३६,५५५।–(एक लाख छत्तीस हजार पाँच सय पचपन्न) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

साथै उजुरी निबेदक राजु आचार्यले थ्रीफेज विद्युतीय लाईन जडान गर्ने कार्यको लागि विजयकुमार महरासमेतलाई वारदात हुनुपूर्व नै रू.९०,०००।–(नब्बे हजार) उपलब्ध गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा(१) को देहाय (ग) बमोजिम सजाय हुनु पर्नेमा, निज राजु आचार्यले घुस /रिसवत सम्बन्धी कसुरको उजुरी निबेदन दिई अनुसन्धानमा समेत सहयोग गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिमको सजाय मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरिने।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07