जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिकाका सव-इन्जिनियर भिमदेव भट्टराई उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
-------------------------------------------------
जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिका वडा नं. ६ स्थित कालोपत्रे तथा नाला निर्माण योजनामा सम्झौताअनुसारको काम नगरी रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिकाका सव-इन्जिनियर भिमदेव भट्टराईले नाली निर्माणमा नालीको कम उचाई, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानि पुर्‍याउने बदनियतले वास्तबिक भएगरेको भन्दा बढी काम देखाई नापी किताब तयार गरेको तथा मूल्याङ्कन गरेकोसमेत गरी वास्तविक भए गरेकोभन्दा रू.३,६१,०८१।४५ बढी भुक्तानी भएको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भिमदेव भट्टराईलाई बिगो रू.३,६१,०८१।४५ (तीन लाख एकसठ्ठी हजार एकासी रुपैयाँ पैतालीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06