जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१५ गते ।
--------------------------------------------

मेलम्ची देखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्ट समेतका कर्मचारीहरूले नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न कारण देखाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी हवल्दार रामहरी मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँले रू.२०००।– घुस रिसवत लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो  ।

अनुसन्धानको क्रममा निजहरूले एकआपसमा मिलेमतो गरी  प्रहरी जवान हरिचन्द्र बानियाँले रू.२,०००।–(दुई हजार) घुस/रिसवत लिई निजको साथबाट विभिन्न कम्पनीको रिचार्जकार्डहरु जम्मा रू.२,९००/- बराबरको तथा प्रहरी हवल्दार रामहरी मानन्धरको साथबाट रू. १,२००/- बराबरको प्रयोग नगरिएको कार्डहरू बरामद भएकोमा निजहरूले सवारीसाधनहरू चेकजाँच गर्ने बहानामा नियमविपरीत विभिन्न सवारी चालकसँग नगदको साटोमा प्रयोग नगरिएका रिचार्जकार्डहरू घुस/रिसवत लिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज प्रहरी हवल्दार रामहरी मानन्धरलाई विगो रू.३,२००/- (तीन हजार दुई सय) कायम गरी र प्रहरी जवान हरिचन्द्र बानियाँलाई विगो रू.४,९००/- (चार हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन र निजहरूबाट बरामद भएका रिचार्जकार्डहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन  मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07