सिम्ता गाउँपालिका सुर्खेतका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०३ गते
--------------------------------------------

जिल्ला सुर्खेत, सिम्ता गाउँपालिका वडा नं. २ देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा विनियोजन भएको रकम बराबरको काम नभएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा सिम्ता गाउँपालिकामा कार्यरत सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल र इञ्जिनियर, नविन शर्माले देउली-सिर्पा-काफलकोट सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने आइटमहरूमा बढी परिमाण गरेको देखाई कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आयो । यस्तो गलत प्रतिवेदन पेश गरी रू.४,५६,४३१।३५ (चार लाख छपन्न हजार चारसय एकत्तीस र पैसा पैतीस)  बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग)  र (ङ) तथा सोही ऐनको दफा १९ को उपदफा (२) को कसुर गरेको प्रमाणित हुन आएकोले प्रतिवादीहरू नविन शर्मा र शिव शंकर पोख्रेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी विगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनसमेतको मागदावी लिइएको।

देउली- सिर्पा- काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष, भुवान सिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्द सिंह ठकुरीले सुर्खेत सडक निर्माणको लगत इष्टिमेट र सम्झौताबमोजिम ११६० मिटरको नयाँ ट्रयाक खनी खोल्नुपर्नेमा सिम्ता गाउँपालिका कार्यालयका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल र इञ्जिनियर नविन शर्मासँग दूषित मनसायले मिलेमतो गरी ९४० मिटर लम्बाइ मात्र नयाँ ट्रयाक खोलेको तथ्यलाई लुकाई नभए नगरेको नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवम्‍ कार्य सम्पन्न प्रतिवेदन बनाई उक्त काममा मेशिनरी (डोजर) प्रयोग गरेको बिल भरपाईसमेत पेश नगरी बदनियतपूर्वक गैरकानूनी रूपमा बढी रकम भुक्तानी लिनुखानु गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी र आ-आफूले गैरकानूनी लाभ लिई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले गैरकानूनीरूपमा बढी भुक्तानी लिइ खाएमासेको रू.४,५६,४३१।३५ (चार लाख छपन्न हजार चारसय एकत्तीस र पैसा पैतीस) रकम विगो कायम गरी निज प्रतिवादीहरू भुवान सिंह ठकुरी, टिंगा वली र नन्द सिंह ठकुरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४)  बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम निजहरूबाट विगो असुलउपर गरी जफत गर्ने मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18