जिल्ला सुनसरी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौं) कृष्ण नारायण यादवलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।१८ गते ।
----------------------------------------------------
जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौं) कृष्ण नारायण यादवले गार्मेन्ट उद्योगमा २० के.भि. क्षमताको विद्युत लाइन जडान गर्नको लागि सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर कृष्ण नारायण यादवलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रू.५०,०००/- (पचास हजार रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको थप रू.१२,०८५।– (बाह्र हजार पचासी रुपैयाँ) सहित जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं. ९ बाट मिति २०८३/०५/१७ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।१८ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet