जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई रू.१,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।२१ गते ।
----------------------------------------------------
जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दु:ख हैरानी दिई घुस (रिसवत) माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरू डिकेश कुमार यादव र कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू.१,००,०००/- (एक लाख रूपैयाँ) लिइसकेको र स्रोत नखुलेको रू.३३,७०५/- (तेत्तीस हजार सात सय पाँच रूपैयाँ) सहित निजहरूलाई जिल्ला सर्लाही, मलंगवा नगरपालिकाबाट मिति २०८३/०६/२० गते नियन्त्रणमा लिई आज मिति २०८३/०६/२१ गते विशेष अदालतको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet