जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२५ गते।
------------------------------------------
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा सचिव पदमा कार्यरत हिरालाल काफ्लेले अध्ययन नै नगरी भारतवाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएको र निज सोही प्रमाणपत्रका आधारमा अर्जुनचौपारी गाउँपालिकाको वडा नं. २ को वडा सचिव पदमा नियुक्ति भएकोले आवश्यक छानविन हुन भन्ने बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज हिरालाल काफ्लेले अर्जुनचौपारी गाउँ विकास समितिको कार्यालय, स्याङजामा मिति २०५७/०२/०२ मा कार्यालय सहायक, रा.प.अनं. तृतीय पदमा अस्थायी नियुक्ति हुन, मिति २०६४/०४/०६ मा रा.प.अनं. तृतीय, कार्यालय सहायक खरिदार पदमा अस्थायी नियुक्ति हुन, मिति २०६७/०७/१५ मा सोही गाउँ विकास समितिको कार्यालयमा सहायकस्तर तेस्रो तह कार्यालय सहायक (मुखिया) पदमा स्थायी नियुक्ति हुन एवं २०७२/१०/०१ गते सहायकस्तर चौथो तह खरिदार पदमा बढुवा नियुक्ति हुन र मिति २०७९/१०/१० मा गाउँ कार्यापालिकाको कार्यालय अर्जुनचौपारीमा सहायकस्तर पाँचौ तहमा तहबृद्धि हुनसमेत भारतको आसाम प्रदेशको गुहाटीस्थित Board of Secondary Education Assam वाट सन् १९९८ मा एस.एल.सी. सरहको परीक्षा HSLC (Repeaters) उतीर्ण भएको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति तथा पदोन्नति लिई आफूँले नपाउने ओहदा, लाभ र सुविधा प्राप्त गरेकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet