भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२४ गते।
------------------------------------------

भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस/रिसवत वापत सेवाग्राहीबाट रू.४०,०००।– (चालीस हजार रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा भूमि प्रशासन कार्यालय, मनाङका नायब सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का राख्ने काम गरेवापत घुस/रिसवत बार्गेनिङ्ग गरी बिभिन्न बहाना बनाई सेवाग्राहीलार्इ दुःख हैरानी दिई घुस/रिसवत रू.४०,०००।– माग गरी लिएको पुष्टि भएकोले निज नायब सुब्बा ज्ञानराज कण्डेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.४०,०००।- (चालीस हजार रूपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष विजय कुमार यादव उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/28
अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसमेत २ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/27
जिल्ला महोत्तरी, साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्‍वर महतो कोइरीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/24
मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/23
जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/22